पुस १०, डेस्क। जनकपुरधामको जानकीमन्दिरबाट भारतको उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठामा कोसेली लिएर जाने विषयमा मन्दिरका महन्त र सह महन्तबीच बिबाद भएको छ।
सह महन्त रामरोशन दासले दुईदिन अघि पत्रकार सम्मेलन गरी नवनिर्मित राममन्दिरमा जानकी मन्दिरबाट कोसेली लिएर जाने बताएका थिए । यो विषयमा सोमबार जानकी मन्दिरका मुख्य महन्त रामतपेश्वर दासले आफूसंग कुनै प्रकारको सरसल्लाह नगरी सह-महन्त रामरोशनदासले कोसेली लिएर जाने भनेको संचारकर्मीलाई प्रतिक्रिया दिएका छन् ।
‘राम मन्दिरको प्राण प्रतिष्ठामा कोसेली पठाउन सम्भव छैन् । रामरोषण मेरै शिष्य हो । तर उनले कसरी कोसेली लिएर जाने कुरा गर्यो मलाई थाहा छैन् । जानकी मन्दिरबाट कोसेली जादैन् । सम्भव पनि छैन् ।’महन्त रामतपेश्वरले बताए।
मुख्य महन्त रामतपेश्वरले राम मन्दिरको प्राण प्रतिष्ठामा कडा सुरक्षा हुने भएकाले कोसेली लिएर गएपनि कुनै वास्ता नहुने तर्क गर्दै भने ‘कोसेली लिएर नजान पनि भन्दिनँ । यदि जान्छ भने उसैले जानोस् ।’





