पुस ०९, डेस्क। नोबल एकेडेमीको बसको ठक्करबाट मोटरसाइकलमा सवार ३ जना घाइते भएका छन् ।
बसले बा.३६ प २२२ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो । भक्तपुरको सुर्यबिनायक नगरपालिका–९ स्थित भात्तेढिकुरमा नोबल एकेडेमीको बसको ठक्करबाट मोटरसाइकलमा सवार ३ जना घाइते भएका छन् । सुर्यबिनायकबाट साँगा तिर जाँदै गरेको बा२क २७३२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी परिसर भक्तपुरका इन्स्पेक्टर किशोर ढुंगानाले बताए ।
नोबल एकेडेमी काठमाडौँको नयाँ बानेश्वरमा सञ्चालित छ । दुर्घटनामा परेर मोटरसाइकल चालक श्रीकृष्ण कपाली, उनकी पत्नी प्रिया कपाली र छोरा प्रशन्न कपाली घाइते भएका छन् । घाइतेहरुको डा. इवामुरा अस्पतालमा उपचार हुँदै छ ।
बसका चालक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ घर भएका ३१ वर्षीय राजकुमार रोम्बालाई प्रहरीले पक्राउ गरेको छ ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।





