बस र मोटरसाइकल एकआपसमा ठोकिदा दुई जनाको मृत्यु। स्थानीयहरुले गरे बसमा आगजनी।

|

पुस ०९, डेस्क। आज बिहान बस र मोटरसाइकल एकआपसमा ठोकिदा हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु भएको भन्दै स्थानीयहरुले बसमा आगजनी गरेका छन्। सिन्धुलीको सुनकोशी गाउँपालिकाको बोहोरेटारमा स्थानीयहरुले बसमा आगजनी गरेका छन् । आगजनीबाट बस पूर्णरुपमा जलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरन्जीवी दाहालले जानकारी दिएको छ ।

सो बसले बा ६० प ३५४५ नम्बरको मोटरसाइकल आज बिहान आठ बजे ठोक्किँदा मोटरसाइकलमा सवार खोटाङको दिक्तेल नगरपालिका–१० रुपाकोटकी १८ वर्षीया मुनाकला राई र खोटाङको तुवाचुङ नगरपालिका–२ का सुशन राईको मृत्यु भएको थियो ।

अरनिकोयातायात सेवासमितिको बागमती प्रदेश ०१–००६ ख ४५९३ नम्बरको बसमा स्थानीयहरुले आगजनी गरेका हुन् । घटनाबारे थप अनुसन्धान भईरहेको प्रवक्ता चिरन्जीवी दाहालले जानकारी दिए ।

चर्चित समाचार


भर्खरै प्रकाशित