बारा : भाद्र देखि अहिले सम्म करिब १ करोड १५ लाख बराबरको अवैध प्याज नियन्त्रणमा

|

पुस ०९, डेस्क। भाद्र महिना देखि अहिले सम्म करिब १ करोड १५ लाख बराबरको अवैध प्याज बरा प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय बाराको मातहतमा खटिएको प्रहरी टोलीले गत भाद्र महिना देखि अहिले सम्म विभिन्न मितिमा भन्सार छली गरेर लियाएको अवैध १ करोड १५ लाख ८ हजार ७ सय रुपैयाँ बराबरको प्याज प्रहरीले नियन्त्रणमा लिएको हो ।

सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार नियन्त्रणमा लिएको प्याजलाई आवश्यक कारबाहीको लागि राजश्व कार्यालय पथलैया बारा बुझाइएको छ । र यस बिषयमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित