नवलपुर : बाघको आक्रमणमाबाट सासु-बुहारीको मृत्यु

|

पुस ०९, डेस्क। हिजो नवलपुरमा बाघको आक्रमणबाट दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सासु ५९ वर्षकी मनादेवी पौडेल र बुहारी २८ वर्षकी बिष्णु पौडेल छन् ।

साथीहरुसँग घाँस दाउरा लिन आइतवार दिउँसो जंगल गएका उनिहरू डिलोसम्म पनि घर नफर्केपछि खोजी गर्ने क्रममा बाघको आक्रमणमा परेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

उनीहरुको शव सडकबाट एक किलोमिटर भित्र विनयी सामुदायीक वनमा फेला परेको हो ।

घटनामा थप अनुसन्धान भैरहेको नवलपुर प्रहरीले जनाएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित