पुस ०८, डेस्क। आज प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सरकारी वकिलहरूलाई गाली गर्दै कर्मचारीको तरिका यही हो भने प्रश्न गरे।
प्रधानन्यायाधीश श्रेष्ठले भने, ‘के हल्ला गरिरहेको हो, यता सुन्नुहोस् । प्रमुख अतिथिले मन्तव्य राखिरहेको बेलामा हल्ला गरेर के गरेको ? कर्मचारीको के तरिका हो यो ? अनुशासन भन्ने हुँदैन ?’
महान्यायाधिवक्ता कार्यालयको स्थापना दिवसमा प्रमुख अतिथिका रूपमा उपस्थित प्रधानन्यायाधीश श्रेष्ठले मन्तव्य राखिरहेको समयमा महान्यायाधिवक्ता कार्यालय मातहतका कर्मचारीहरूले साइड टक (हल्ला) गरेपछि प्रधानन्यायाधीश श्रेष्ठले आपत्ति जनाएका हुन् ।
कार्यक्रममा पछि महान्यायाधिवक्ता कार्यालयले माफी मागेको थियो ।





