पुस ०८, डेस्क। सन्दीप लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दायर बलात्कार मुद्दाको अन्तिम सुनुवाइ नसकिएपछि यो मुद्दालाई हेर्दा हेर्दैमा राखिएको छ।
न्यायाधीश शिशिरराज ढकालको इजलासमा जारी सुनुवाइमा आइतबार सुरुमा पीडिततर्फबाट सरकारी वकिलले बहस गरेका थिए। आज सहायक जिल्ला न्यायाधिवक्ता सुरबहादुर परियारले बहस गरेका थिए। आज दिउँसो खाजा समयपछि पनि सरकारी वकिलले बहस गर्दा नसकिएपछि हेर्दा हेर्दैमा राखिएको हो।
सरकारी वकिलले बहस सकेपछि पीडितका निजी कानुन व्यवसायीले पनि बहस गर्ने तालिका छ।
आज बहस पूरा नभएपछि यो मुद्दालाई हेर्दाहेर्दैमा राखिएको अदालत प्रशासनले जनाएको छ।





