प्रहरी नायव निरीक्षक बालकृष्ण उपाध्याय आफ्नै घरमा मृत भेटिए

|

पुस ०८, डेस्क। आफ्नै घरमा प्रहरी नायव निरीक्षक (सई) बालकृष्ण उपाध्याय मृत भेटिएका छन् ।

सूर्यविनायक नगरपालिका वडा नं.८ सिपाडोल टौखेलस्थित आफ्नै निवासमा प्रहरी नायव निरीक्षक बालकृष्ण उपाध्याय घिमिरे मृत अवस्थामा भेटिएका हुन्।

प्रहरी प्रधान कार्यालय १ नं. गण नक्साल काठमाडौ दरबन्दी भई कार्यरत रहेका प्रहरी नायव निरीक्षक उपाध्याय घिमिरे आफ्नै घरको तेस्रो तलामा सुत्ने कोठाभित्र मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी वृत्त जगातीबाट अनुसन्धान अधिकृतसहितको टोली खटिएको परिसरले जनाएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित