पुस ०८, डेस्क। हिजो महोत्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
महोत्तरीको सम्सी गाउँपालिका–१ मर्धरटोल बस्ने २५ वर्षीय प्रियङ्का महतोको करेन्ट लागेर मृत्यु भएको छ ।
आफ्नै घरको विद्युतीय बोर्डमा तार जोड्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।
यस घटनाबारे आवश्यक थप अनुसन्धान भइरहेको नेपाल प्रहरीले जानकारी दिएको छ ।





