जिल्ला अदालत काठमाडौं : सन्दीप लामिछाने विरुद्धको मुद्दा न्यायाधीश शिशिरराज ढकालको इजलासमा

|

पुस ०८, डेस्क। क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा सुनुवाइका लागि आज जिल्ला अदालत काठमाडौंमा पेशी तोकिएको छ ।

जिल्ला अदालतले न्यायाधीश शिशिरराज ढकालको इजलासमा पेशी तोकेको हो ।

गत २३ कात्तिकमा न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले दुवै पक्षलाई एक महिनाभित्र बहस नोट पेश गर्न आदेश दिएको थियो । बहस नोट पेश भइसकेपछि मुद्दा सुनुवाइका लागि फेरि पेशी तोकिएको हो ।

करिव डेढ वर्षअघि क्रिकेटर सन्दीप लामिछानेमाथि बालिका बलात्कारको आरोप लागेको थियो ।

चर्चित समाचार


भर्खरै प्रकाशित