बारा : मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु

|

पुस ०७, डेस्क । हिजो राति बारामा भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार कलैयाबाट वीरगन्जतर्फ जाँदै गरेको म.प्र.०३–०३०–प ४३९८ नम्बरको मोटरसाइकल शुक्रबार राति बाराको प्रसौनीमा आफै अनियन्त्रित भएर दुधौरा खोलाको पुलको पिल्लरमा ठोक्किन पुगेको थियो ।

मृत्यु हुनेमा बाराको कलैया उप–महानगरपालिका–१३ बस्ने २२ वर्षीय कुन्दन मेहता खत्री र सोही उप–महानगरपालिकाको वडा नम्बर १२ बस्ने २२ वर्षीय अभिमन्यु कुशवाहा रहेका छन् ।

उनीहरूको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित