हंसपुर नगरपालिका : मण्डल मृत्यु प्रकरण। सुगा निकासका इन्चाज बालमुकुन्द ठाकुरलाई कारबाही स्वरुप जिल्ला तानिए

|

पुस ०७, डेस्क। धनुषाको हंसपुर नगरपालिका- ५ का दीपनारायण मण्डल मृत्यु प्रकरणमा इलाका प्रहरी कार्यालय सुगा निकासका इन्चाज (सई) बालमुकुन्द ठाकुरलाई जिल्ला तानिएका छन् ।

बालमुकुन्द ठाकुरलाई कारबाही स्वरुप जिल्ला तानिएको धनुषाका प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिएको छ । छरछिमेक सँगको समान्य विवादमा बिहीबार साँझ पक्राउ गरी लगेको थियो।

हिरासतमा लिएर कुटपिट गर्दा उनको मृत्यु भएको भन्दै स्थानीयबासिन्दाहरुले शुक्रबार (हिजो) बिहान इलाका प्रहरी कार्यालयमा ढुंगमुढा र तोडफोड गरेका थिए ।

त्यसै क्रममा प्रहरीले हवाई फायर गरेको थियो। हवाई फायर गर्दा स्थानीय शिवशंकर मण्डललाई दायाँ हातमा गोली लागेर घाइते भएका थिए ।

गोलि लागेको गम्भीर घाइते मण्डललाई प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित