अब (डीआई) राख्न नपाउने काठमाडौं महानगरपालिका भित्रका स्कुलहरुमा

|

पुस ०६,डेस्क। अब काठमाडौं महानगरपालिका भित्रका स्कुलहरुमा अनुशासन इन्चार्ज (डीआई) राख्न नपाउने भएका छन् ।

महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाका अनुसार विद्यालयमा राखिएका अनुशासन इन्चार्जले भय सिर्जना गराउने, मनोवैज्ञानिक रुपले नकारात्मक प्रभाव पार्ने र शारीरिक सजाय दिने गरेको समेत गुनासो प्राप्त भएसँगै महानगरले यस्तो निर्णय गरेको हो ।

काठमाडौं महानगरपालिकाले विद्यार्थीमैत्री सिकाइ वातावरण सिर्जना गर्न विद्यालयमा अनुशासन इन्चार्ज राख्ने व्यवस्था नगर्न सूचित गरेको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित