हंसपुर नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको हिरासतमा एकजनाको मृत्यु

|

पुस ०६, डेस्क । धनुषाको हंसपुर नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको हिरासतमा गए राति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय दीपनारायण मण्डल रहेको छ।

प्रहरीले कुटपिट गर्दा मृत्यु भएको भन्दै बिहानैदेखि स्थानीयले प्रदर्शन गरेका छन् । आक्रोशित समूहले इलाका प्रहरी कार्यालयमा ढुंगामुढासमेत गरेका छन् ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले स्थिति नियन्त्रणमा लिन केही राउण्ड हवाई फायर गरिएको बताए ।

चर्चित समाचार


भर्खरै प्रकाशित