पुस ०५,डेस्क। आज मधेस प्रदेशको स्वास्थ्य निर्देशनालयले एक सूचना जारी गर्दै नवौं तहदेखि छैटौं तहसम्मका लागि १६० ओटा कर्मचारी करारमा मागेको छ।
आज एक सूचना प्रकाशन गर्दै निर्देशनालयले नवौं तहमा ६ जना रेडियोलोजिस्ट, ६ जना प्याथोलोजिस्ट, ६ जना यौन तथा छाला रोग विशेषज्ञ, डेन्टल सर्जन ६ जना, एमडिजिपी १० जना, १० जना अर्थोपेडिक सर्जन, ८ जना एनेस्थेसियोलोजिष्ट, बाल रोग विशेषज्ञ १२ जना, स्त्री तथा प्रसूती रोग विशेषज्ञ ९ जना, जनरल सर्जन १० जना र १० जना जनरल फिजिसियन मागेको हो।
त्यस्त आठौं तहमा १० जना डेन्टल अधिकृत, २ जना आयुर्वेद चिकित्सक र २८ जना मेडिकल अधिकृत माग गरेका छन्।
सातौं तहमा ३ जना अस्पताल व्यवस्थापक र ६ जना नर्सिङ अधिकृत मागेको छ। लगायत अन्य तहहरुमा कर्मचारी माग गरेको छ।
कुनै पनि तहमा फारम भर्नको लागि १८ बर्स पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्छ।
इच्छुक ब्यक्तिले आज देखि १५ दिन भित्र अनलाईबाट दरखास्त फारम भर्न सक्नेछ।






