पुस ०५,डेस्क। काठमान्डौ उड्न लागेको हवाई जहाजको ढोका अचानक यात्रुले खोलिदिएको छ।
तपाईपनि बिमानमा यात्रा गर्ने नया यात्री हुनुहुन्छ भने एस्तो गल्ति तपाईबाट पनि हुन्सक्छ। त्यसैले हवाई जहाजमा यात्रा गर्दा अलिकति संबेदनसिल हुनुपर्छ। र यात्रुलाइ राम्रो प्रसिक्षण दिनुपर्छ।
पोखराबाट काठमाडौंका लागि उड्न लागेको बुद्ध एयरको विमानमा बसेका यात्रुले आकस्मिक ढोका खोले पछि उडान रोकिएको छ ।आज बिहान ९ बजेर ४० मिनेटमा पोखराबाट काठमाडौं उड्न लागेको उडान नं ६५२ को जहाजको आकस्मिक ढोका यात्रुले खोलेका थिए ।
यात्रुबाट के कति कारणले ढोका खुल्न गएको हो, यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले अध्ययन गरिरहेका पनि बुद्ध एयरले जनाएको छ ।बुद्धएयरका प्राविधिकले जाँच गरिरहेको र काठमाडौं आउने यात्रुहरुलाई अर्को विमानबाट ल्याउन लागेको पनि बुद्ध एयरले जानकारी दिएको छ ।





