आज ६ जना न्यायाधीश नियुक्त – राष्ट्रपति रामचन्द्र पौडेल

|

पुस ०४,डेस्क। सर्वोच्च अदालतमा आज (बुधबार) ६ जना न्यायाधीश नियुक्त भएका छन् ।

समितिबाट अनुमोदन भएसँगै बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई नियुक्त गरेका हुन् ।

नियुक्त हुनेहरुमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेक प्रसाद ढुंगाना, सुनील कुमार पोखरेल र बालकृष्ण ढकाल रहेका छन् ।

उनीहरुलाई नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

चर्चित समाचार


भर्खरै प्रकाशित