पुस ०४,डेस्क। हिजो विराटनगरबाट सशस्त्र प्रहरीले हुण्डी कारोबारको १६ लाखभन्दा बढी नेपाली रुपैयाँ सहित एकजना पुरुसलाई पक्राउ गरेको छ।
प्रहरीको अनुसार विराटनगर –१५ रानीका ४० वर्षीय लक्ष्मणप्रसाद साहलाई १६ लाख १० हजार नगदसहित पक्राउ गरेको हो।
सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रवक्ता एसएसपी रविनराज कर्णजितका अनुसार साहलाई विराटनगर–७ स्थित प्रशासन रोडबाट मंगलबार पक्राउ गरिएको हो।
पक्राउ गरेको बेला उनी १९ प ४४३४ नम्बरको मोटरसाइकलमा सवार थिए।
उनको साथबाट स्रोत नखुलेको १६ लाख १० हजार नेपाली रुपैयाँ बरामद भएको कर्णजितले जानकारी दिए।
यस घटनाबारे सशस्त्र प्रहरीले थप अनुसान्धान भैरहेको जानकरी दिएको छ ।





