रूपन्देही : मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

|

पुस ०३,डेस्क। हिजो मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

रूपन्देहीको सैनामैना नगरपालिका-६ दुधराक्षस्थित सडकमा लु.७७ प ४९५३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७६ वर्षीया खिमकला घिमिरेको सोमबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित