पुस ०३,डेस्क। हिजो मोटरसाइकल र बोलेरो एकआपसमा ठक्कर हुँदा एक जनाको मृत्यु भएको हो ।
भरतपुर महानगरपालिका-४ यज्ञपुरी चोकमा बा.प्र-०६-००२ प २०७३ नम्बरको मोटरसाइकल र बा.१९ च ३४६४ नम्बरको बोलेरो एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही महानगरपालिका-१२ गोन्द्राङ बस्ने २१ वर्षीय राम कृष्ण थापाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ।





