पुस ०३,डेस्क। मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
कैलारी गाउँपालिका-७ बर्का बसन्ता स्थित सडकमा बा.८१ प ४२९८ नम्बर र से.५ प ४७७४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार साँझ दुर्घटना हुँदा बा.८१ प ४२९८ नम्बरको मोटरसाइकल चालक सोही ठाउँ बस्ने २८ वर्षीय शिसिर चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशीक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा गम्भीर घाइते भएका से.५ प ४७७४ नम्बरको मोटरसाइकल चालकलाई थप उपचारको लागि निसर्ग अस्पताल धनगढी पठाइएको छ ।
यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ।





