पुस ३, डेस्क। चीनमा हिजो राति गएको भूकम्पमा परी ११६ जनाको मृत्यु भएको छ। भने २२० जना घाइते भएका छन्।
हिजो राति उत्तर–पश्चिम चीनको गान्सु प्रान्तमा भूकम्प गएको थियो।
चिनियाँ अधिकारीका अनुसार गान्सु प्रान्तमा मध्यराति ६.२ म्याग्निच्युडको भूकम्प आएको थियो।
चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनको सबैभन्दा गरिब क्षेत्रमध्ये एक गान्सुमा पूर्ण उद्धार प्रयास गर्न निर्देशन दिएका छन्।






