पुस ०२,डेस्क। आज बिहान सिटी सफारी अनियन्त्रित भई चालकको मृत्यु भएको छ।
झापाको मेचिनगर नगरपालिका-१० धुलाबारीस्थित सडकमा प्र.१-०१-००२ ह ७६५ नम्बरको सिटी सफारी अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा चालक सोही नगरपालिका-९ बस्ने ५० वर्षीय बद्री बहादुर बस्नेतको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बीएनसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ।





