पुस ०२,डेस्क। मोटरसाइकल अनियन्त्रित भई हिजो राति दुर्घटना हुदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बाराको महागढीमाई नगरपालिका-९ थलही पुलमा बा.८४ प ५६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक पर्चौता नगरपालिका-६ बस्ने २२ वर्षीय राम निवास यादवको मृत्यु भएको छ ।
उनको एलएस न्यूरो परवानीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ।





