पुस ०२,डेस्क। मोटरसाइकलको ठककरबाट पैदलयात्रीको आज बिहान मृत्यु भएको छ।
काठमाडौँ महानगरपालिका-१५ सानोभर्याङमा बागमती प्रदेश-०२-०१७ प ६६५० नम्बरको मोटरसाइकलको ठककरबाट पैदलयात्री हाल वतन नखुलेका करिब ३५ वर्षीय विकास तामाङको सोमबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार अन्य १ जनाको मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ।





