पुस ०१, डेस्क। सन्त रामपाल जी को पुस्तक बितरण गर्नेहरुलाई हिन्दु सम्राट सेनाले प्रहरीको जिम्मा लगाएको छ।
जनकपुरको रामानन्द चोकबाट उनीहरुलाई पुस्तक बिक्रि बितरण गरिरहेको बेला हिन्दु सम्राट सेनाले धर पकर गरेको हो। सन्त रामपाल जी भगवान भन्ने बाबा अहिले बलात्कारको मुद्दामा जेलमा रहेको र उनि पाखण्डी रहेको आरोप लगाउदै एस्तो कार्य गरेको हो।
हिन्दु धर्मलाइ आघात पुर्याएको भन्दै उनीहरुलाई प्रहरीको नियन्त्रणमा दिएको छ। रामपालको भक्तलाइ हिन्दु सम्राट सेनाले कुटपिट समेत गरेको भिडियोमा भनिएको छ। त्यस्तै एकजना साधुले हामीलाई झगडा लडाई गर्नु कुनै उदेश्य छैन बाध्यता हो भन्छन हामीलाई इनिहरुले हेपेको र हामि त्यसको प्रतिकार मात्रै गरेको भन्छन।

उनीहरुसंग रहेको हजारौ पुस्तक पोखरीमा फालिएको देखिन्छ। र अझै पुस्तकलाइ धनुषा प्रहरीको जिम्मा लगाएको छ। जनकपुरधामको रामानन्द चोकमा रहेको एउटा घरको एउटा सटरमा रहेको सयौ पुस्तक पोखरीमा फालिएको छ। केहि दिन यता देखि भारतको कारागारमा रहेको सन्त रामपाल जी को क्रेज नेपालमा पनि धेरै देखिएको छ।





