पुस ०१,डेस्क। आज जनकपुरधाममा महोत्सव विवाहपञ्चमी मेलामा पाकेटमारी तथा अबान्छित गतिविधि कार्य धेरै बढेको छ।
पाकेटमारी गर्ने १८ जनालाई प्रहरीले आज पक्राउ गरेको छ । भीडभाडको मौकाछोपी श्रद्धालुभक्तजनको पाकेट मार्ने तथा दुव्र्यबहार गर्ने कार्यहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
आज दिउँसो १ बजेसम्म १८ ओटा पाकेटमार पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।
उनीहरुलाई जनकपुरधाम स्थित गोपाल धर्मशालामा प्रहरी यनिट स्थापना गरी राखिएको छ ।
उनीहरुमाथि थप आवश्यक अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जनाएको छ ।





