पुस ०१,डेस्क। हिजो मधेश प्रदेश सरकारले आइतबार (आज ) विवाहपञ्चमीका शुभ अवसरमा सार्वजनिक बिदाको घोषणा गरेको थियो।
आज भब्यसँग मनाइने विवाहपञ्चमी पर्वका लागि मधेश प्रदेशको राजधानी जनकपुरमा विशेष कार्यक्रम आयोजना गरिँदैछ। विवाहपञ्चमीको आवसरमा प्रदेश सरकारको निर्णयलाई भने एउटा पालिकाले चुनौती दिएको छ।
सिरहाको लहान नगरपालिकाले प्रदेश सरकारको निर्णयलाई चुनौती दिँदै आइतबार (आज ) पनि कार्यालय खुलाएको छ। लहानले पुस १ गते विवाहपञ्चमीका दिन सार्वजनिक बिदा भए पनि कार्यालयको कार्यबोझ तथा सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै कार्यालय सञ्चालन हुने जनाएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले कार्यालय बन्द नहुने सार्वजनिक सूचना नै निकालेर सेवाग्राहीलाई सेवा लिन आउन भनेका छन्।





