विवाहपञ्चमी : छैठौँ दिन आज शुभ विवाह कार्यक्रम ।ट्राफिकको व्यवस्था पनि चुस्त।

|

पुस १,डेस्क। प्रत्येक वर्ष मंसिर शुक्लपक्ष पञ्चमी तिथिका दिन मनाईने श्रीसीतराम विवाहपञ्चमी महामहोत्सव जनकपुरधाममा आज भव्य रुपमा मनाइने छ।

त्रेतायूगमा मिथिलाका राजा राजर्षि जनकको प्रतिज्ञा पुरा गरेको भन्दै अयोध्याका राजा दशरथका पुत्र श्रीराम संग आजैको पावन तिथीमा रामजानकीको विवाह सम्पन्न भएको स्मरणमा विवाहपञ्चमी महामहोत्सव मनाउने चलन जनकपुरधाममा रहेको छ ।

आज विहानदेखि नै जनकपुरधामको धार्मिक सरोवर तथा तलाउहरु गंगासार, धनुषसागर, रत्नसागर, अङ्गराजसर, विहार कुण्ड, अग्नि कुण्ड तथा दुग्धमतिमा स्नान गरेर जानकी मंन्दिर, राममंन्दिर सहितको मठ मंन्दिरहरुमा भक्तजनहरुले पूँजा अर्चना गरिरहेका छन् ।

सप्ताहव्यापी विवाहपञ्चमी महामहोत्वसको स्वम्बर कार्यक्रम जनकपुरधाको बाह्र विघा रङ्गभूमि मैदानमा आजै सम्पन्न हुनेछ ।

स्वयंम्बर कार्यक्रमको अवलोकन गर्नका लागि लाखौ तीर्थयात्रीहरु वाह्र विघा रङ्गभूमि मैदान क्षेत्रमा उपस्थित हुनेछ।

नगरको परिक्रमा गरेपछि पुनः जानकी मंन्दिरमा पुगेपछि साँझ मिथिलाको परम्परा अनुसार वैवाहिक कार्यक्रम रहेको छ ।

यस अघि राम मंन्दिर तथा जानकी मंन्दिरबाट सजिएर जन्तिहरु विभिन्न सवारी साधन तथा पैदल नै बाह्र विघा पुगेर नगरको परिक्रमा गरिरहेका छन् ।

यसै गरी ट्राफिकको व्यवस्था पनि चुस्त बनाइएकोे छ । नगरको बीच भागमा सवारी साधनको प्रवेश निषेध गरिएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित