विवाहपञ्चमी : आज पाचौं दिन मटकोर मनाईने, भोलि शुभ विवाह कार्यक्रम

|

मंसिर ३०,डेस्क। आज सप्ताहव्यापी विवाह पञ्चमी महामहोत्सव अन्तर्गत पाचौ दिन मटकोर मनाइन्छ।

जानकी मन्दिरबाट माता जानकीको प्रतिकात्मक स्वरूप बनाएर बाजा गाँजा सहित जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव तथा उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव सहितको साधुसन्त, विशिष्ट व्यक्तिहरू तथा महिलाहरू सहित जनकपुरधामको गंगासागरमा पुगेर मटकोर विधि गर्ने कार्यक्रम रहेको छ ।

मटकोर विधिमा मिथिलाका महिलाहरूले विभिन्न प्रकारको परम्परागत गीतहरू गाउने चलन रहेको छ ।

जनकपुरधामको गंगासागरवाट खनेर ल्याएको माटो विवाहका लागि जानकी मन्दिरको प्राङ्गणमा निर्माण गरिएको भव्य एवं आकर्षक विवाहका वेदीमा प्रयोग गर्ने चलन रहेको छ ।

विवाह पञ्चमी महामहोत्सवको सबै भन्दा महत्त्वपूर्ण कार्यक्रम भोलि स्वयंम्बर तथा शुभ विवाहको कार्यक्रम रहेको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित