काठमाडौँ : आज बिहान ९ बजे देखि दिउँसो १ बजेसम्म बिजुली काटिने

|

मंसिर ३०,डेस्क। नेपाल विद्युत् प्राधिकरणले शनिबार बिहान ९ बजे देखि दिउँसो १ बजेसम्म काठमाडौँका विभिन्न स्थानहरुमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ ।
प्राधिकरणका अनुसार टेकुस्थित सबस्टेसनमा नयाँ ४५ एमभीए क्षमताको ट्रान्सफर्मर स्तरोन्नति गर्न लागिएकाले काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुन लागेको हो ।

जस्तै भिमसेनस्थान, रामघाट, मरुहिटी, ढोकाटोल, क्षेत्रपाटी चोक, ढल्को, ब्रम्हटोल, जैसीदेवल चोक, ज्याबहाल, चिकुमङ्गल, झोसे, ओमबहाल, भोटेबहाल, यङ्गाल, लगन, महाबौध्द, भोटाहिटी, असन, बाङ्गेमुढा, ईन्द्रचोक, सुन्धारा, सेन्ट्रल जेल, रङ्गशाला अगाडि, न्युरोड, बसन्तपुर दरबार स्क्वायर, रविभवन, सोल्टीमोड, सुनारगाउँ, आर्मी हस्पिटल, नख्खु चोक, बागडोल, धोबिधारा, मलपोखरी, धोबिघाटलगायतका क्षेत्रहरुमा विद्युत् आपूर्ति बन्द हुने जनाइएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित