चितवन : आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

|

मंसिर २९,डेस्क। इच्छाकामना मन्दिर नजिकै आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

चितवनको इच्छाकामना गाउँपालिका–२ चिसापानीमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।

दुर्घटना भएको ट्रकको नम्बर खुल्न सकेको छैन।

दुर्घटनामा इच्छाकामना–३ का ४० वर्षीय चालक अनिल गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित