काठमाडौं: महानगर प्रहरीले विभिन्न क्षेत्रहरुबाट ५ बोरा सुर्तीजन्य पदार्थ जफत

|

मंसिर २८,डेस्क। काठमाडौं महानगरपालिकाले पसलहरुमा बिक्रीवितरणमा राखिएका सुर्तीजन्य पदार्थ आज देखि जफत गर्न थालेको छ ।

काठमाडौंमा सुर्तीजन्य पदार्थ बेच्न नपाइने र बेचेको थाहा पाए पसल बन्द सम्म गराउन सक्ने सूचना जारी गरेको भोलिपल्टदेखि महानगरपालिकाले पसलहरुको अनुगमन सुरु गरेको हो ।

आज विहान मात्रै महानगर प्रहरीले बालाजु लगायतका स्थानबाट २ बोरा जडिबुटी, र कोटेश्वर क्षेत्रबाट २ झोला र अरु विभिन्न क्षेत्रहरुबाट ३ बोरा सुर्तीजन्य पदार्थ जफत गरेको महानगर प्रहरीका कार्यबाहक प्रमुख एसपी विष्णु जोशीले जानकारी दिए ।

चर्चित समाचार


भर्खरै प्रकाशित