मंसिर २८, डेस्क । जन्ती बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
प्युठानको ऐरावती गाउँपालिका -२, बरौलाबाट बेहुली लिन सदरमुकाम खलंगा तर्फ जाँदै गरेको लु ३ च ६८४७ नम्बरको जिप बिहीबार बिहान दुर्घटनामा परेको हो।
दुर्घटनामा मल्लरानी गाउँपालिका -३ का वडा सदस्य ५२ बर्षका दामोदर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।





