मंसिर २७,डेस्क।आज काठमाडौँको मल अगाडि दुर्घटना भएको छ। माइक्रो बसले ठक्कर दिँदा ६ जना घाइते भएका छन् ।
आज करिब साढे ६ बजे बौद्ध जोरपाटी रुटमा चल्ने जोरपाटी दीपमाला यातायात प्रालिको बा१ज ६११८ नम्बरको माइक्रो बस अनियन्त्रित भएर दुर्घटना भएको छ।
माइक्रो बस अनियन्त्रित भएरले ठक्कर दिँदा बस कुरेर सडक किनारामा बसेका यात्रु घाइते भएका हुन । अनियन्त्रित माइक्रो बसले आकाशेधारा रत्नपार्क रुटको बा५ख ८४१३ नम्बरको बसको पछाडिको भागमा ठक्कर दिँदा सामान्य क्षति पुगेको छ ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको काठमाडौँ ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटना लगतै घाइतेहरुलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ। घाइतेहरुको परिचय अहिले सम्म खुलेको छैन ।
माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । थप अनुसन्धान भईरहेको प्रहरीले जानकरी दिए।





