मंसिर २७,डेस्क। काभ्रेको पाँचखालमा प्रथम महिला उद्यमी हरित औद्योगिक पार्कको शिलान्यासको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिटै महिला प्रधानमन्त्री भएको हेर्ने इच्छा व्यक्त गरेका छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पछि राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख महिला भएर राम्रो कामको सुरुवात गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले अब छिट्टै महिला प्रधानमन्त्री भएको हेर्ने इच्छा व्यक्त गरेका हुन् ।
उनले भने, अब एउटा बाँकी छ प्रधानमन्त्री महिला कहिले हुन्छ ।
तर मेरो इच्छा छ छिट्टै महिला प्रधानमन्त्री होस् । सुशासनको पक्ष र सामाजिक न्यायको पक्षमा महिला भूमिका राम्रो भएको उनले बताए ।





