अख्तियार दुरुपयोग आयोगद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख ६१ हजार ७८१.७० रुपैयाँ जम्मा

|

मंसिर २७,डेस्क। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री राहत कोषमा ८ लाख ६१ हजार ७८१.७० रुपैयाँ जम्मा गरेका छन ।

गत कार्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पिडित / प्रभावितहरूको सहयोगका लागि उक्त रकम जम्मा गरिएको हो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार आयोगका पदाधिकारी र कर्मचारीहरूबाट प्रधानमन्त्री राहत कोषको नाममा एभरेस्ट बैंक लिमिटेडमा रहेको खाता नं.००१०११०२२०००१२ मा ८ लाख ६१ हजार ७८१.७० रुपैयाँ जम्मा गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

चर्चित समाचार


भर्खरै प्रकाशित