करेन्ट लागेर एक जनाको मृत्यु

|
मंसिर २७, डेस्क । सिरहाको गोलबजार नगरपालिका ५ मा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ ।

खेतमा रहेको पानी तान्ने मोटरको तार विद्युतीय बोर्डमा जोडाउने क्रममा करेन्ट लागेर १८ वर्षीय रामरिझन सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गोल बजारले घटनास्थलमा मुचुल्का तयार पारी मृतकको शव पोस्टमार्टमका लागि अस्पतालमा लगेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डीएसपी रवीन्द्र राज पाण्डेले जानकारी दिए ।

यस घटनाबारेमा थप अनुसन्धान भइरहेको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित