मंसिर २६, डेस्क । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकजना युवकको मृत्यु भएको छ ।
भजनी नगरपालिका–५ लालबोजीमा सोमबार सुप प्र ०१०१२ प ९४५ नम्बरको मोटरसाइकल दुर्घटना भएको छ ।
दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २२ वर्षीय रामबहादुर साउदको मृत्यु भएको हो ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा गम्भीर घाइते भएका साउदको उपचारका क्रममा भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो ।





