रास्वपा : संसदीय दलको बैठक आज अपराह्न बस्दै

|

मंसिर २५, डेस्क। राष्ट्रिय स्वतन्त्र पार्टीले आज अपराह्न ४ बजे संसदीय दलको बैठक बोलाएको हो।

बैठक पार्टी कार्यालयमा बोलाइएको सचेतक निशा डाँगीले जानकारी दिइन्।

आजको बैठकमा संसदीय दलको विधान, संसदको आगामी अधिवेशनको सम्बन्ध र विविध प्रस्तावमाथि छलफल हुने उनले जानकारी दिइन्।

अधिवेशन सुरू गर्ने समय भएकाले र संक्रमणकालीन न्याय, विद्यालय शिक्षालगायत विधेयकमाथि महत्त्वपूर्ण छलफल आवश्यक भएकाले बैठक डाकिएको रास्वपाले जानकारी दिएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित