अर्घाखाँची : ट्रक अनियन्त्रित भई दुर्घटना हुदा दुईजनाको मृत्यु

|

मंसिर २४ ,डेस्क । अर्घाखाँचीमा ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी ट्रक चालक नवलपरासी पश्चिम रामग्राम नगरपालिका–१८ बस्ने ३१ वर्षीय सञ्जयकुमार चौधरी र सहचालक भोला कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम रिजालले जानकारी दिए ।

उनका अनुसार ट्रकमा गिटी बोकेको ना ६ ख २७३९ नम्बरको ट्रक शीतगङ्गा नगरपालिका– ८ सातमाराको राप्ति पुल नजिकै अनियन्त्रित भई दुर्घटना भएको थियो ।

गम्भीर घाइते भएका उनीहरुको जेनस अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक रिजालले जानकारी दिएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित