मंसिर २४,डेस्क। त्रिभुवन विमानस्थल भन्सार कार्यालयले हिजो राति फेरी साढे ६ किलो सुन बरामद गरेको छ ।
दुबईबाट अवैधरुपमा ल्याइएको सुन विमानस्थल भन्सार कार्यालयले बरामद गरेको हो ।
दुबईबाट फ्लाई दुबईको उडानमार्फत् काठमाडौं आएका इजिप्सियन नागरिक मोहमद मोगामद सालेहले भित्री ज्याकेटमा राखेर सुन ल्याएको पाइएको हो ।
त्यसपछि शरीर खानतलासी गर्दा सालेहले भित्री ज्याकेटमा हाली पाउडरको रुपमा ल्याएको ६ किलो ५९० ग्राम सुन बरामद गरेको हो ।
यस घटनाको बारेमा थप अनुसन्धान भइरहेको विमानस्थल भन्सार कार्यालयका प्रमुख डा.टोकराज पाण्डेले जानकारी दिएको छ ।





