सिरहा : ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु, एकजना घाइते

|

मंसिर २३,डेस्क। सिरहामा ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु भएको छ । भने एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा सिरहाको औरही गाउँपालिका २ तुल्सीपुरका ४० वर्षीय सुरेन्द्र यादव र उनकै भतिजा ७ वर्षीय चन्दन यादव रहेका छन् ।

खेत जोतेर फर्किने क्रममा गागन नदीको तटबन्धबाट स १ त ७४५८ नम्बरको ट्र्याक्टर पल्टिँदा च्याम्पिएर दुबैजनाको घटनास्थलमै मृत्यु भएको स्थानीय रामबाबु यादवले जानकारी दिएको छ ।

ट्याक्टरमै चढेका रञ्जन यादव घाइते भएको उनले बताएका छन् ।

दुर्घटना पछि प्रहरीले घटनास्थलमा मुचुल्का तयार पारी मृतक काका–भतिजाको शव पोस्टमार्टमका लागि सिरहा प्रादेशिक अस्पताल राखेको छ ।

यस विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित