फुङ्लिङ नगरपालिका : एउटा घरमा आगलागी, पाँच लाख रुपैया बराबरको क्षति

|

मंसिर २३,डेस्क। फुङ्लिङ नगरपालिकामा आज बिहानै एउटा घरमा आगलागी हुदा घरको सम्मानहरु जलेर नष्ट भएको छ। आगलागी हुदा करिब पाँच लाख रुपैया बराबरको क्षति भएको बताइएको छ ।

सदरमुकाम बजार नजिक फुङ्लिङ नगरपालिका–५ उकालीपानी टोलमा रहेको लालबहादुर गुरुङको घरमा आगलागी हुँदा रु पाँच लाख रुपैया बराबरको क्षति भएको जिल्ला समन्वय समितिका सदस्य विष्णु तिवारीले जानकारी दिए ।

नगरपालिकाको दमकलको सहयोगमा स्थानीय वासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको सक्रियतामा आगो निभाइएको थियो ।

चर्चित समाचार


भर्खरै प्रकाशित