१४ किलो अवैध सुन बरामद। छानबिन गर्नको लागि समिति गठन। अनुसन्धान जारी।

|

मंसिर २२,डेस्क। भन्सार कार्यालयले त्रिभुवन विमानस्थलमा बिहीबार राति बरामद भएको १४ किलो सुनबारे छानबिन गर्नको लागि समिति बनाएको छ ।

भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा बनेको समितिमा प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, डिल्लीप्रसाद शर्मा र शाखा अधिकृत मञ्जु थापा छन् ।

बिहीबार राति करिव १४ किलो सुनसहित दुबईबाट आएका गोरखाका चन्द्र घले पक्राउ गरेका थिए ।

चर्चित समाचार


भर्खरै प्रकाशित