मधेश प्रदेश : १२ ओटा पालिकाहरुमा ‘सशक्त महिला समृद्ध नेपाल’ कार्यक्रम सुरु

|

मंसिर २२,डेस्क। मधेश प्रदेशमा ‘सशक्त महिला समृद्ध नेपाल’ अभियान कार्यक्रम प्रारम्भ भएको छ । महिलाहरुलाई सामाजिक तथा आर्थिक रुपमा सबल बनाउने उद्देश्यले मधेश प्रदेशका १२ वटा पालिकाहरुमा कार्यक्रम सञ्चालन हुने छ ।

युरोपियन युनियन तथा संयुक्त राष्ट्रसङ्घीय निकायहरू (युएनएफपिए, आईएलओ, युएन वुमन र युनिसेफ) को प्राविधिक सहयोग एवं मधेश प्रदेशको खेलकुद तथा सामाज कल्याण मन्त्रालयको समन्वयमा यो कार्यक्रम महिलालाई लक्षित गरी अघि बढाइएको छ ।

मधेश प्रदेशको जनकपुरधाम उप–महानगरपालिका, नवराजपुरगाउँपालिका, सिराहा नगरपालिका, अग्निसाइर कृष्णासवरन गाउँपालिका, सखुवानन्कारकट्टी गाउँपालिका, नगराईन नगरपालिका, बौधीमाई नगरपालिका, यमुनामाई गाउँपालिका, बिन्दबासिनी गाउँपालिका, पकाहा मैनपुर गाउँपालिका, वीरगञ्ज महानगरपालिका, आदर्श कोतवाल गाउँपालिका गरी १२ वटा स्थानीय पालिकामा यो कार्यक्रम सन्चालन हुनेछ ।

चर्चित समाचार


भर्खरै प्रकाशित