मंसिर २१,डेस्क। काठमाडौँ प्रहरीले चोरी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काभ्रेपलाञ्चोक तिमाल ७ स्थायी घर भई हाल पेप्सीकोला बस्ने २० वर्षीय विक्रम नेपालीलाई पक्राउ गरेको हो ।
नेपालीले गत कार्तिक २४ गते दिउँसो भक्तपुुरको मध्यपुर ठिमी नगरपालिका-२ स्थित युवराज अधिकारीको घरबाट सुन, हिराका गरगहना, मोबाइल र नगदसहित अन्दाजी ३७ लाख २७ हजार बराबरको धनमाल चोरी गरेको प्रहरीले जनाएको छ ।





