मंसिर २१,डेस्क। अब ठमेलका चोकहरुमा पनि सिसि क्यामरा जडान कार्य सुरु भएको छ ।
ठमेल पर्यटन विकास परिषद्को पहल तथा काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको सहयोगमा ठमेलका प्रत्येक चोकहरुमा सिसी क्यामरा जडान गरेको हो ।
ठमेल क्षेत्रको शान्तिसुरक्षा बलियो बनाइ यस क्षेत्रलाई सफा, सुन्दर, सुरक्षित र व्यवस्थित बनाउनका लागि सिसी क्यामरा जडान सुरु गरेको परिषद्का अध्यक्ष भविश्वर शर्माले जानकारी दिएका छन् ।
उनले ठमेलभित्रको लैनचौर मार्ग, क्षेत्रपाटी मार्ग, नर्सिङ चोक मार्ग, भगवती बहाल मार्ग, चाक्सीबारी मार्ग, सातघुम्ती मार्ग, जेपी लाइन मार्ग र पर्यटन मार्गभित्र ८० ओटा सिसी क्यामरा जडान गरेको बताएका छन् ।
उनले भने, चार ठूला क्यामरा सहित एक सय १२ सिसी क्यामरा जडान गर्नेगरी काम भइरहेको छ ।
हाल ८० क्यामरा जडान गर्ने कार्य सम्पन्न भएको छ ।





