बूढीनन्दा : एउटा महिलालाई भीरबाट खसेको ढुङ्गा लाग्दा मृत्यु

|

मंसिर २१,डेस्क। एउटा महिला भीरबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीनन्दा नगरपालिका–३ बडालाकी ३७ वर्षीया धर्मा विष्ट रहेको छ ।

घाँस काट्दै गरेका बेला एक्कासि भिरबाट ढुङ्गा खसेर टाउकोमा चोट लागेपछि विष्ट घाइते भएका हुन् ।उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी लैजाँदै गर्दा बीच बाटोमै मृत्यु भएको वडाध्यक्ष जङ्गवीर रोकायाले बताए ।

घाँस काट्न गएका बेला भीरबाट ढुङ्गा खसेर टाउकोमा लागेपछि उनको मृत्यु भएको वडा नं ३ का वडाध्यक्ष जङ्गवीर रोकायाले जानकारी दिए ।

चर्चित समाचार


भर्खरै प्रकाशित