धनुषा :हिजो अत्यधिक मदिरा सेवनको कारणले राति नालामा एक जना मृत फेला परेको थियो

|

मंसिर २१,डेस्क। हिजो साँझ मृत फेला परेका व्यक्तिले अत्यधिक मदिरा सेवनको कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।

सबैला नगरपालिका ९ सतोखरका अन्दाजी ४५ वर्षीय रामशंकर राय मृत फेला परेका हुन्

दिउँसोदेखि अत्यधिक मदिरा सेवन गरेका राय साँझ सबैला नगरपालिका ३ स्थित नालामा शौच गर्न गएको बेला उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक सुन्दर चौलागइले बताए ।

रायको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित